नुवाकोटमा भेटिएको सकेट बमले भागदाैड मच्चियो- फोटो सहित

 365 पटक हेरिएको

विदुर-  नुवाकोटको सदरमुकाम विदुरमा सकेट वम फेला परेको छ । जिल्ला निर्वाचन कार्यलय नुवाकोट अगाडि राखिएको सकेट बम कसले राख्यो भन्नेबारे पत्ता नलागेको प्रहरी उपरिक्षक बसन्त बहादुर कुवरले बताउनुभयो ।

बमलाई भरर्खरै नेपाली सेना मैथली क्याम् विदुरले डिस्पोजल गरेको छ । बम विस्पोटबाट कसैलाई पनि क्षति भएको छैन ।

कसले बम राखेको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सदरमुकाम विदुरमा वम भेटिएपछि जिल्लाका नागरिकहरु त्रसित बनेका छन ।

जिल्लाको सदरमुकाममा नै वम भेटिएपछि जिल्लाका गाउँगाउँमा सुरक्षा चुनौति बढेको नागरिकहरु बताउँछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार