प्रधानमन्त्री देउवा सहभागि भएकै कार्यक्रममा शक्तिशालि बम प्रहार, स्थिती तनाव ग्रस्त

  मूलधार सम्वादाता  387 पटक हेरिएको

कालिकोट-  कालिकोटमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा शक्तिशाली बम बिस्पोट भएको छ ।

बिहिबार बिहानै नेपाली काँग्रेस कालिकोटले कोटबाडा रहेकाे सुन्थराली विमानस्थलमा आयोजना गरेको कार्यक्रममा देउवाले भाषण गरिरहेका बेला उक्त बिस्पोट भएको त्यहाँबाट इमान्दार मिडियाका पत्रकार  अनिस बुढाले बताएका छन् ।

बिस्पोटपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । बिस्पोट कसले र किन गराएको भन्ने बारेमा केहि जानकारी प्राप्त भएको छैन ।

कालिकोटमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न प्रधनमन्त्री देउवा बिहानै कोटबाडा पुगेका हुन् ।

बम बिस्पोटबाट के-कति क्षति भयो भन्नेबारे थप विवरण आउन बाकि छ । तर प्रधानमन्त्री देउवा भने शकुसल छन् ।

बिस्पोटलगत्तै ब्यापक प्रहरी परिचालन गरिएको छ । स्थानीयहरु त्रसित बन्दै घरतर्फ लागेका छन् ।इमान्दार मिडियाबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार