फेरी एक नेपालीको दुखत निधन, वहाँप्रति हार्दिक श्रदानजली

  मूलधार सम्वादाता  580 पटक हेरिएको

चेन्नै-  बडैया गाउपालीका वाड नं. ७ कर्णाली गाउ, बर्दिया निबासी अन्दाजी ४२ बर्षका इन्द्र बहादुर रानाभाट चेन्नैको जेपियर कलेजमा कार्यरत थिए।

अचानक नेपाल जान  भनी नोभेम्वर २१, २०१७  मा उनी चेन्नै सेन्ट्रलबाट चालू टिकेट लिएर रेल चढेका थिए। चेन्नै बाट नेपाल जादै गर्दा महाराष्ट्रको बल्लारशाह देखी करीब ४० कि.मी. टाडा भारतको समय अनुसार नोभेम्बर २२ को बिहान ३ बजेको समयमा रेलबाट खसेर उनको  दिन दुखद निधन भएको छ।

रेलवे ट्रेकमेनले देखे पछि पोलिस इन्चार्ज श्री फसटे लाइ जानकारी भएको र घटना स्थलमा पुगी छानमिन गरेर मृतक का आफन्त सन्तोष रानाभाटलाइ फ़ोन सम्पर्क भएको थियो।

उक्त समचार एकता समाजका साथी प्रेम थापाले मलाइ जानकारी गराए पछि मैले बल्लरशाह रेलवे पोलीस इनचार्ज संग घटनाको बिवरण लिनुका साथै क्षतिपूर्ति को बारेमा कुरा गर्दा मैले पहिला रेलवे टिकटको बारेमा सोधे र प्रहरीले पनि २१ तारिकका दिन चेन्नै बाट लखनऊ जादै गरेको रेलको चालू टिकट साथमा रहेको जानकारी गराएका छन।

मैले सोही अनुसार एफ आइ आर दर्ज गरि क्षतिपूर्ति को बारेमा सहयोग गर्न अनुरोध गरेको छु। र प्रहरी ले पनि क्षतिपूर्ति को बारेमा सक्दो सहयोग गर्ने बताएका छन। निज का दाजु र आफन्तजन आजनै बल्लारशाह तर्फ जादै हुनुहुन्छ।

मैले त्यस क्षेत्रमा रहेका संगठनका साथीहरूलाइ नी घटनाको बारेमा जानकारी गराएको छ ।  निज इन्द्र रानाभाट को दुखद निधन प्रति हाम्रो संगठन मूल प्रबाह अखिल भारत नेपाली एकता समाजको तर्फबाट मृतकको दिवंगत आात्मा प्रति चिर शान्ति र शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछ। महेन्द्र बस्यालको फेसबुकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार