प्रतिस्पर्धीसंग रेडियो बहस गर्न किन डराए भीम रावल

  मूलधार सम्वादाता  321 पटक हेरिएको

अछाम-  अछामी जनताको नजरबाट टाढीदै गरेका एमाले उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री भिम रावलले आफ्ना प्रतिस्पर्धी स्वार संग रेडियो कार्यक्रममा बहस गर्न इन्कार गरेका छन् ।

अछाम क्षेत्र नम्बर १ बाट एमाले माओबादी गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदबार रावलले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतकुमार स्वार संग आफ्नो स्थर नमिल्ने बाहना बनाउँदै रेडियोको बहसमुलक कार्यक्रममा सहभागी भई बसह गर्न ईन्कार गरेका हुन् ।

स्थानीय एफएम रेडियो रामारोशनले संचालन गर्दै आएको बहसमुलक कार्यक्रम सुदुर सवालमाका लागि आमन्त्रीत गर्दा नेता रावलले प्रतीस्पर्धी सँग आफ्नो स्थर नमिल्ले भएकाले सो कार्यक्रममा सहभागी भएर आफ्नो हैसियत घटाउने काम नगर्ने बताएका हुन् ।

एमालेका केन्द्रीय उपाध्यक्ष रावलसँग प्रतिस्पर्धा गर्न लागेका स्वार नेपाली कांग्रेस अछामका सभापति तथा पूर्व जिल्ला विकास समितिका सभापति समेत हुन् । जसलाई अछाम जिल्ला भरिकै लोकप्रीय नेताका रुपमा चिनिन्छन् ।

आफु राष्ट्रिय स्तरको नेता हुँ भन्ने ढोल पिट्दै मत माग्न प्रत्येक ब्यक्तिको घरदैलोमा पुगिरहेका भिम रावलले उच्च पदमा रहदा समेत आफन्त नाताकुटम्ब बाहेक समग्र अछामको विकासका लागि सिन्को पनि भाँच्न नसकेको अछाम बासिको आरोप छ ।

मतदातासंग मत माग्न जाने तर आफ्ना कुरा प्रतिस्पर्धी उम्मेद्वार संग संचार माध्ययममा बहस गर्न इन्कार गर्ने रावलको दम्व माथीको स्थर यहिबाट पुष्टि भएको छ । सबै उम्मेद्वार संग खुल्ला बहसमुलक कार्यक्रम संचालन गर्दै आएको रेडियोको ब्यबस्थापन पक्षले भिम रावलले इन्कार गरेपछि अछाम क्षेत्र नम्बर १ को प्रत्यक्ष तर्फका उम्मेदवारसंग सुदुर सवाल संचालन गर्न नसकेको जनाएको छ ।

यस्तै भिम रावलकै क्षेत्रको प्रदेश १ बाट प्रदेशसभाका उम्मेद्वार नेता रावलका भीनाजु पर्ने गोबिन्द कुवरले पनि सुदुर सबालमा सहभागी भएर बहस गर्न इन्कार गरेका छन् । प्रतिस्पर्धी कांग्रेसका मेघराज खड्कासंग आज जिल्लाको बयलपाटामा रेकर्ड गर्ने भनि सबै तयारी पूरा भएको कार्यक्रमको अन्तमा आएर कुवरले समय अभावले सहभागी नहुने भनेपछि स्थगित भएको जनाइएको छ ।

कुवरले इन्कार गरे पनि खड्का एक्लैको अन्तर्वाता लिएर प्रसारण गर्ने कुरा भएको खड्काले जानकारी दिए । यस अघि दुई दुई पटक चुनाब जित्दा पनि बिकासको नाममा सिन्कोसमेत नभाचेका रावल भन्दा जिबिस सभापति हुदा कैयौं गुणा बढी जनताको लागि काम गरेका स्वारसंग खुल्ला बहस हुदा आफ्नो बेइजत हुने डरले नेता रावलले स्तर नमिलेको बाहाना पारेर बहस इन्कार गरेका हुन् ।यस अघि २०७० को संबिधानसभा निर्वाचनका बेला सोही एफएमको सुदुर सवालमा जिल्लाको बिकास निर्माणमा सिन्को समेत नभाचेको भन्दै रावललाई स्थानीयले प्रश्न सोधेर ¥याख ¥याख्ती पारेका थिए । त्यहि भएर नेता रावल अहिले पनि डराएको हुन सक्ने आंकलन गरिएको छ ।

यो बिषयलाई लिएर अहिले सामाजीक संजाल लगाएत समर्ग अछाममा नेता रावलको आलोचना भैरहेको छ । चुनावी प्रचार प्रसारमा रहेका दम्बवान नेता रावल सँग चुनावी प्रचारप्रसारका क्रममा जनता र सहयोगीहरुको न्यून उपस्थिती रहने गरेको छ भने उनका प्रतीस्पर्धी नेपाली कांग्रेसका भरतकुमार स्वार सँग क्षेत्र नं. १ का पुरै जनाको समर्थन रहेको स्थानीहरुले बताएका छन् ।

स्थानीय तहको निर्वाचन देखि नै आफ्नो क्षेत्रमा आफुले भने जस्तो, आफ्नो स्थर अनुसारको सहभागिता जुटाउन नसकेपछि नेता रावल अछामको सिमानामा जोडिएको पुर्विचौकी गाउापालीकामा अरुका लागि भोट माग्न हिड्ने गरेको आरोप पनि लाग्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार