भक्तपुरबाट आयो दु:खको खबर !

काँग्रेस र बामगठबन्धन दुवै धरापमा

  मूलधार सम्वादाता  446 पटक हेरिएको

भक्तपुर-  भक्तपुरका मतदाता नारायणमान विजुक्छेकाे उम्मेद्वारी नहुदा अलि चिन्तित भएका छन् । तर उनकाे उम्मेद्वारी नभएपनि भक्तपुरका जनता नेमकिपाले जित्ने भनिरहेका छन ।

पूर्वशिक्षक एमपी प्रजापतिले नेपाल मजदुर किसान पार्टी वाहेक‘यहाँ अरु कसैले चियाउनु पनि पर्दैन ।’ भने ‘विस्तारवादी भारतले नाकाबन्दी गर्दा संसदमा नारा लगाउने एक मात्र पार्टी नेमकिपा हाे’ उनले भने, भारतीय दुतावास कसले घेर्‍यो ?

‘यसपालि विजुक्छे नउठे के भाे र, नेमकिपा उठेकाे छ भन्दै उनले यसपालि झन् धेरै भोट ल्याएर जित्ने दावी गरे ।

गोलबढीकाे एउटा पाटीभित्र बसेर चुनावी कुरामा रमेका उनीहरूले वजारमा राता र सेता झण्डा चुनावमा मात्र लाएर भयाे र ?

मानिसकाे मनपनि जित्न सक्नु पर्याे नि भन्दै उनिहरूले मादल चिन्ह जनताकाे प्याराे भएकाे बताए । चुनाव अाएकाे बेला मात्र जनता सम्झिने ठूला दल यतिखेर नाटक मञ्चन गरिरहेकाे उनिहरूले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार