प्रहरी इन्सपेक्टर हरिहर सुनुवार पक्राउ

  मूलधार सम्वादाता  524 पटक हेरिएको

 काठमाडाैं-  ५० हजार रुपैयाँ घुससहित नयाँबसपार्कका इन्सपेक्टर हरिहर सुनुवार पक्राउ परेका छन् । बसपार्कको एक लजसँग पैसा लिदै गर्दा उनलाई मंगलबार दिउसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो ।

बसपार्क क्षेत्रका होटलहरुसँग उनले रेट नै तोकेर पैसा उठाउने गरेको अख्तियारको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

इन्सपेक्टर सुनुवार माओवादी नेताहरुको सोर्सफोर्स लगाएर बसपार्कमा सरुवा भएका थिए । सरुवा भएलगत्तै महिनावारी असुली सुरु गरेका थिए । पैसा दिनेलाई केही नगर्ने र अरुलाई दुःख दिने उनको नीति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार