काँग्रेस पूर्व सचिव ४४ दिन देखि बेपत्ता, खोजीको लागि सबैले शेयर गर्नुहोला

खोजीपाउँ भनी प्रधानमन्त्रीलाई निवेदन

  मूलधार सम्वादाता  337 पटक हेरिएको

बाजुरा– नेपाली काँग्रेस जिल्ला कार्य समिति पूर्व सचिव जयबहादुर थापा सम्पर्क विहीन बनेको ४४ दिनसम्म पनि आवश्यक छानवीन हुन सकेको छैन् । परिवारले प्रहरी प्रशासन र काँग्रेस जिल्ला कार्य समितिसँग आग्रह गरेपनि सुनुवाई नभएको गुनासो गरेको छ ।

थापा असोज २२ गतेदेखि चितवनको दासढुङ्गाबाट सम्पर्क विहिन बनेका हुन् । टिकटको लबी गर्न दर्जन बढी काँग्रेस नेता कार्यकर्तासगँ गएका थापा बेपत्ता भएको श्रीमति कल्पना थापाले बताउनु भएको छ ।

सामानुपातिक तर्फ सिफारिस कौशल विकको टिकटका लागि लबी गर्न काठमाडौं जान्छु भन्दै असोज २० गते थापा काठमाडौं गएको र सँगैगएका नेताहरु काठमाडौं पुगि घर फर्किएर चुनावमा लागिसक्दा पनि श्रीमानको कुनै खोजखबर नगरिएको श्रीमति कल्पनाको गुनासो छ ।

परिवारलाई थापा सम्पर्क विहिन बनेको खबरपनि त्रिवेणी साना जलविद्युत केन्द्रका व्यवस्थापन दयाराम पण्डितले इलाम भ्रमणका लागि धनगढी पुगेको अवस्थामा सुनाएको कल्पना थापाले बताउनु भएको छ । थिए ।

थापा २२ गते कर्णाली रिभर्स यातायातको ना ६ ख ६४०४ नम्बरको बसमा साथीहरुसँगै काठमाडौं हिँडेको बताईएको छ । उनीसँग काँग्रेस समानुपाति तर्फ सिफारिस उम्मेदवार कौशल विक, पूर्व पार्टी सचिव धनराज पण्डित, काँग्रेस कार्यकर्ता नर रावल, वीरबहादुर विक, शिक्षक मथुराराज पण्डित, रिटायर्ड शिक्षक रंग बहादुर खाती, काँग्रेस महासमिति सदस्य राधिका सिंह, पूर्व नेविसंघ अध्यक्ष सुरेन्द्र सिंह लगायत नेताहरु सँगै रहनु भएको बुझीएको छ ।

अर्कैको लबी गर्न जाने भनेपछि ४ हजार रुपैया दिएँ, त्यसबाट पनि छोरीलाई ५ सय फिर्ता गरेर गएका हुन्, कहाँ कसरी कुन ठाउँमा बेपत्ता बनायो थाहै छैन्, कल्पनाले दुखेसो गर्नु भएको छ । काँग्रेस पूर्व सभासद देवराज जोशी, लगायतलाई फोन गरी सोधे, उल्टै गाडीमा आउँदैछ, भनि खिल्ली उडाएको उहाँको आरोप छ ।

जामको बेला दास ढुङ्गा नजिकै बाहिर गएपछि सम्पर्क बाहिर रहेको सँगै गएका नरबहादुर रावलले बताएको कल्पनाले बताउनु भयो । थापाले प्रयोग गर्ने चस्मा, झोला, लुगा, पेन्टमा बाँध्ने बेल्ट भेटिएपनि झोला राखिएका कागजात सहीतको सामानहरु र मान्छे मात्र नभेटीएको परिवारले बताएको छ ।

थापाका श्रीमति सहीत २ छोरा र २ छोरी छन् । १७ वर्षका जेठो छोरा ९ कक्षा पढ्छन् भने छोरी सरिता कक्षा ८ मा छन् । अरु दुई सानै छन् । दास ढुङ्गा पुगेँ, प्रहरीलाई खोजिका लागि उजुरी गरेँ, कुनै सुनुवाई नभएको उहाँको गुनासो छ ।

प्रहरीले अनुसन्धान भईरहेको बताउने गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समितिले खोजी गर्न राज्यलाई अनुरोध गर्ने गरी निर्णय समेत गरेको छ । तर नेताहरु चुनावमा व्यस्त छन ।

मान्छेको जिन्दगीको नेताहरुलाई सरोकार नै छैन्, चुनाव जित्नकै लागि मात्र लागि परेका छन्, मुद्दा हाल्छु भन्दा पनि उल्टै धम्की दिने गरेको र आफ्नै रोग थियो, खै के भयो थाह छैन भन्ने गरेको उहाँले बताउनु भएको छ ।

छोरी सरिताले सामाजिक सञ्जालमा बेदना पोखिरहेकी हुन्छन्, तर सुनीदिन नै कोही छैनन् । काँग्रेसले भने विभिन्न सञ्चार माध्यममा सूचना प्रकाशन÷प्रशारण गरेको कतै पत्ता नलागेकोले राज्यलाई खोजिका लागि अनुरोध गरेको बताएको छ ।

कल्पना थापाको परिवारले प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेसको मार्तडीमा आयोजित चुनावी सभालाई संवोधन गर्न बाजुरा पुग्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत ध्यानाकर्षा पत्र बुझाएका छन् ।

प्रधानमन्त्रीले पनि दिएको कुरा पढ्नु भो, मैले सहयोग गर्छु मात्रै भन्नु भयो, त्यसपछिपनि कतैबाट केही कुरा आएको छैन् परिवारले बताएको छ । खोजीपाउँ भन्दै दिएको निवेदनको प्रधानमन्त्रीले सुनुवाई गर्नु हुन्छ भन्ने आशमा परिवार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार