साहासी प्रचण्ड : पुत्र वियोगको दुई दिनमै सपरिवार सहित भरतपुरमा, फोटो सहित

  मूलधार सम्वादाता  691 पटक हेरिएको

काठमाडाैं-  पुत्र वियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी सभामा सहभागी हुन चितवनको भरतपुर पुगेका छन् ।

आइतबार हृदयघातबाट छोरा प्रकाश दाहालको निधन भएको थियो । आज मंगलबार नै उनी परिवार सहित चितवनको भरतपुर पुगेका हुन् ।

वाम गठबन्धनले आयोजना गरेको सभामा सहभागी हुनका लागि उनी चितवन पुगेका हुन् । यद्धपी उनले सभालाई भने सम्बोधन नगर्ने जनाइएको छ । प्रचण्डसँगै पत्नि सिता दाहालपनि भरतपुर पुगेकी छिन् ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओली लगायत नेताहरुले सम्बोधन गर्नेछन् ।

प्रचण्ड चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनीधिसभा सदस्यका उम्मेदवार बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार